एभरेष्ट बैंकले बोलायो साधारणसभा, कहिले र कहाँ ?
काठमाडौं । बम्पर लाभांश घोषणा गरेको एभरेष्ट बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । भदौं २८ गते बसेको संचालक समितिको बैठकले असोज २० गते आइतबार आम्रपाली ब्याक्वेटमा साधारणसभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंस्ग गरि कुल १५.५३ प्रतिशत लाभांश पारित गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ ३१ गतेको वासलात, सोही मितिमा समाप्त आ. व. २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र मिति २०८१/०५/२१ मा बसेको सञ्चालक समितिको ३७२ औं बैठकले शेयरधनीहरुलाई निम्न बमोजिम बोनस शेयर तथा नगद लाभाशं प्रदान गर्न सिफारिस गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्नेछ ।
त्यसै गरी सभाले १० प्रतिशतका दरले बोनस शेयर जारी गर्ने बिशेष प्रस्ताव, ५.५३% नगद लाभाशं (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्न गरेको सिफारिसलाई छलफल गरी पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने,बैंकले प्रस्तावित बोनस शेयर जारी भएपश्चात पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने,ख) सञ्चालकलाई नेपाल भित्र, भारत र नेपाल तथा भारत बाहिर अन्य देशको भ्रमण गर्नु पर्दा दैनिक भत्ता विगत ९ वर्ष देखि पुनरावलोकन नभएकोले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्नका लागि नियमावलीको नियम २८ (१) (ग) सोही बमोजिम संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्ने र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
Shares