लगानीकर्ताले नाफा बुक गर्दा बजार २७.३२ अंकले घट्यो, कारोबार रकम बढ्यो
प्रकाशित:
०८ साउन २०८१
काठमाडौं । केही दिन अघिदेखि निरन्तर बढेको बजारमा (आज) बुधबार २७.३२ अंकले घटेको छ । लगानीकर्ताले नाफा बुक गर्दा बजार घट्न पुगेको लगानीकर्ताहरु बताउँछन् । बजार घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार बजार ७५.३३ अंकले बजार बढ्दा १४ अर्ब ११ करोड ६३ करोड ३० हजार ९९५ रुपैयाँको कारोबार भएको थियो । आज ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँको कारोबार भएको छ । बजार घट्दा नेप्से इन्डेक्स २५३६.११ बिन्दुमा आईपुगेको छ ।
बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares