बाढीले मान्डु हाइड्रोपावर र हेवाखोला जलविद्युत आयोजना डुबायो

प्रकाशित:
१२ असोज २०८१

काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाका कारण मान्डु हाइड्रोपावर लिमिटेड र हेवाखोला जलविद्युत आयोजनालाई डुबाएको छ । स्वतन्त्र ऊर्जा उतपादकहरुको सस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले अर्थ कागज डट कमसँग भने-'मान्डु हाइड्रोपावर लिमिटेड र हेवाखोला जलविद्युत आयोजनालाई बाढीले डुबाएको भनेर सुचना आएको छ । पाँचथरमा रहेको अरु जलविद्युत आयोजनामा पनि बाढीले असर गरेको सुचना आएको छ । कुन जलविद्युत कम्पनीमा कति क्षति भएको भनेर इप्पानबाट हामीले सवै जलविद्युत कम्पनीहरुलाई इमेल गरेका छौं । अहिलेसम्म बाढीले के कति ? क्षति भयो भनेर सुचना आइसकेको छैन् ।'
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares