सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसर्टमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता
प्रकाशित:
२८ साउन २०८१
काठमाडौं । सिद्धार्थ बैंक र आगन्तुक रिसर्ट प्रालि धुलिखेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares