शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
प्रकाशित:
१७ माघ २०८१
काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको संचालक समितिको बैठकले आ.व. २०८०/८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रहेको छ ।
नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares