उदयपुर महोत्सव २०८० आयोजनाको तयारी हुँदै
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा आउँदो माघ २६ गतेदेखि फागुन ६ गतेसम्म उदयपुर महोत्सवको आयोजना गरिने भएको छ ।
जिल्ला उद्योग वाणिज्य संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उदयपुर महोत्सव आयोजना गर्ने विषयमा पत्रकारहरुलाई जानकारी दिंदै जिल्ला उद्योग वाणिज्य महासंघ उदयपुरका महासचिव सुनिल साहले महोत्सवकालागि १ सय ३१ सदस्यीय मुल समिति गठन गरिएको र ३० वटा उप समिति गठन गरेर महोत्सवमा विविध कार्यक्रम गर्ने योजना रहेको बताए ।
१ करोड ५१ लाख खर्च हुने र सोही अनुसार आम्दानी समेत गर्ने लक्ष्य अनुरुप कार्यक्रम तय गरिएको जानकारी दिंदै महासचिव साहलेजिललाका आठबटै पालिकाहरुसँग समन्वय गरी कार्यक्रम गर्न छलफल भएको र नेपाली उत्पादनमा पनिविशेष उदयपुरमा उत्पादित बस्तुलाई बढी प्राथमिकता दिएर महोत्सव गर्न लागिएको बताए ।
कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान र समृद्धिको आधार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको जानकारी दिंदै महासचिज साहले महोत्सवमा पर्यटन उदोगको प्रवद्र्धन,कृषि उद्योग प्रवद्र्धन, उदयपुर एवम् नेपाल मेड बस्तुको प्रवद्र्धन गरिने बताए ।
यसैगरी सो महोत्सवमा लागु औषध दुव्र्यसनीबारे जनचेतना कार्यक्रम, महिला हिंसाबारेमा जनचेतना कार्यक्रम,सांस्कृतिक कार्यक्रम साहित्यिक कार्यक्रम, विभिन्न सवालहरुमा प्रश्नोत्तर कार्यक्रम, हस्तकलाको प्रदर्शन,माछा पालन,पुष्प खेती,पशुपंषी पालन, सुन्तला जात फलफूल खेतीको प्रवद्र्धन, खाना महोत्सव आदीको आयोजना गरिने छ ।
सो महोत्सवमा महिला उद्यमशीलता प्रवद्र्धनगरिने काइृक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणहरुमा २ सयभन्दा बढी व्यवसायिक स्टल राखिने, दुईलाख आगन्तुकले महोत्सव हेर्ने, स्वदेशी उत्पादनको व्यापक प्रचार प्रसार गरिने छ । विदेशबाट समेत आगन्तुकहरु आउने रमाइलो मेलाको आयोजना गरिने छ भने महोत्सवको मुख्य आयोजक जिल्ला उदोग वाणिज्य संघ रहेको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।यस्तै गरी बाल मनोरञ्जन पार्क रमाइलो मेलाआदीवासी वसतीको पदर्शनी, पर्यटन क्षेत्रको र उदोगको प्रवद्र्धन सूचना ,कृषि उत्पादन प्रतियोगिता, कला प्रदर्शनी, पशुधन प्रदर्शनी, युगलगीत र दोहोरी गायन प्रतियोगिता, भलिवल, ढिलो साइकल दौड,लगायतका आकर्षक कार्यक्रमहरु तय गरिएको जानकारी दिइएको छ ।
यो महोत्सवको प्रवद्र्धकहरुमा उदयपुरको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका लिम्चुङबुङ गाउँपालिका र जिल्ला समन्वय समिति रहेका छन ।
महोत्सवको लक्षित प्रदर्शकहरुमा उदयपुर जिल्ला, कोशी प्रदेश र मधेश प्रदेश भित्रका उद्यमीव्यवसायी, छिमेकी प्रदेशहरुका उदमी व्यवसायी,छिमेकी देशका उत्पादक, उद्यमी व्यवसायी र सेवा प्रवाह यवसायिक संगठन, सूचना तथा संचार क्षेत्र तथ ासरकारी तथा गैर सरकारी संस्थाहरुले प्रदर्शन गर्ने छन् । घरेलु उद्योग तर्फका सातै प्रदेशका उद्यमी व्यवसायी तथा उद्योग व्यवसायमा आधारित प्रदर्शन हुने भएकोले यो महोत्सव कोशी प्रदेश कै महत्वपूर्ण र भव्य हुने आहा गरिएको छ । महोत्सव माघ २६ गतेबाट प्रारम्भ भएर फागुन ६ गतेसम्म संचालन हुने छ भने स्टल बुक गर्न माघ ५ गतेदेखि खुला गरिने रविहान ९ बजेदेखि राती ९बजेसम्म संचालन हुने सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रवेश शुलक सहित आयोजना गर्न mागिएको यो महोत्सवमा दुई लाख आगन्तुक आउने आकलन गरिएको व्यापार आयात तथा निर्यात कर्ता, सहकारी, व्यापारी तथा व्यवसायस् संघका पदाधिकारी तथा सदस्यहरुले अवलोकन गर्ने छन् ।
यसै गरी अन्ुसन्धानधाता, विकास संस्था, विद्यार्थी, उत्पादन व्यापार र सेवा प्रवाहको क्षेत्रमा सरकारी संस्था वा कुनै एजेन्सी, वैज्ञानिक, विज्ञहरु, सामाजिक अभियन्ताहरु सहभागी हुनेछन् ।
कुल १ करोड ५१ लाख आय प्रक्षेपण गरिएको सो महोत्सवमा प्रषेपण अनुसार नै खर्च हुने अनुमान गरिएको जानकारी दिंदै उक्त पत्रकार सम्मेलनमा मुख्य पयोजक उक मात्र रहने र रु.१० लाख तिर्नु पर्ने छ भने सह प्रायोजकले ७ लाख सहयोगी प्रायोजकहरुले ५ लाख प्रवद्र्धक संसथाहरुले २ लाख ५० हजार तिर्नु पर्ने छ । यसैगरी अन्य प्रायोजकहरुले १ लाख ५० हजारदेखि १ लाख सम्म बुझाएर कार्याक्रमको प्रायोजन गर्न सक्ने बताइएको छ ।
Shares