रु रु जलबिद्युतको साधारणसभा आजः लाभांश र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: ११ कात्तिक २०८१
Image description

काठमाडौं । रु रु जलबिद्युत आयोजनाको साधारणसभा बार्षिक साधारणसभा आज कार्तिक ११ बिहान ११ बजेदेखि लिसरा रिसेप्सेन,नक्साल काठमांडौमा सुरु हुनेछ ।

सभाले कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ३० गते बुकक्लोज गरेको थियो त्यसैले असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर