माइक्रोफाइनान्सका परिकल्पनाकार मुहम्मद युनुस बने बंगलादेशका अन्तरिम सरकार प्रमुख
प्रकाशित:
२२ साउन २०८१
बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणाका परिकल्पनाकार मुहम्मद युनुस अन्तरिम सरकारका प्रमुख बनेका छन्। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्।
आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए।
आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ।
युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares