चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड कहिले ?

अर्थकागज
प्रकाशित: १४ कात्तिक २०८०
Image description

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको निश्कासन गरेको आईपीओ बाँडफाँडको मिति तय भएको छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार प्रि–अलोटमेन्टको काम सोमबार सकिएकोले कार्तिक १६ गते बिहीबार दिउँसो १ बजे क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने कार्यक्रम तय भएको हो । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको छ । जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ ।

कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.३६ गुणा बढी आवेदन हो । आवेदन बढी परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर