मर्जरको लागि पार्टनर खोज्दै पोखरा फाइनान्स, बनायो मर्जर समिति

अर्थकागज
प्रकाशित: ०९ माघ २०८१
Image description


काठमाडौं । पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रिया अगाडी बढाउन मर्जर समिति गठन गरेको छ ।
कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले प्राप्ति, समाहित / गाभ्ने वा गाभिने प्रक्रिया अगाडी बढाउनका लागि मर्जर वा प्राप्ति (एक्विजिसन) समिति गठन गर्ने निर्णय गरेको हो । कम्पनीको साधारणसभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति / समाहित, गाभ्ने वा गाभिने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सो सम्बन्धमा आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो। सोहि अनुसार कम्पनीले मर्जर समिति गठन गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर