म्युचुअल फण्डले आरक्षणको आईपीओ ६ महिना बेच्न नपाउने सेबोनको निर्णयले सेयर बजारमा कस्तो असर पर्ला ?

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८०
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्दा म्युचुअल फण्डहरुलाई आरक्षण कोटामा दिएको आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने निर्णय गरेको छ । सेवोनको यो निर्णयले सेयर बजारमा कस्तो असर पर्ला ? भनेर लगानीकतालाई अर्थ कागज डट कम ले सोधेका थियो । सेयर बजारका लगानीकर्ता एवम् बजारलाई दैनिक नियाल्दै आएका सेयर विश्लेषहरुको भनाई जस्ताको तस्तै ।

एसपी चौलागाईं

याे बिषय लगायत अन्य म्युचुअल फण्डसँग संम्बन्धित बिषय करिब १ बर्ष अगाडि पनि हामिले धिताेपत्र बाेडकाे छलफलमा राखेका थियौं । यस बिषयलाई हामी सराेकारवालाकाे राय सुझाब लिएर कार्यानवयन गर्छाै भनेकाे करिब डेढबर्षपछि सराेकार वालालाई कार्यानवयनकाे लागी निर्देशन दिईएकाे छ भने उक्तसमयमा उठाईएका समस्याप्रती बल्ल छलफल चल्दै छ र एउटा निष्कर्षमा पुगेर केहिसमय पछि अन्य सुधारका निर्देशनहरु पनि आउने छन्  । जसले  पुन सेयर बजारलाई सकारात्मक माहाेल सृजना गराएर बजार चलायमान गराउनुका साथै बजारमा ब्यापक सकारात्मक माहाेल सृजना हुनेछ। याे अहिलेको सानाे कदमले पनि बजारलाई सकारात्मक माहाेल सृजना गर्न सहयाेग गर्ने छ।

नबराज दहाल

यो धेरै राम्रो कदम हो धेरै पहिला देखि नै हामिले उठाउँदै आएको कुरा हो । दोश्रो बजारमा आउने अप्रत्याशित सप्लाइ नियन्त्रण हुन्छ बजार आफ्नो गतिमा अगाडि बढ्छ । बजारमा लिस्टिङ भएको दिनमा नै ओभरसप्लाइ आएर लगनिकर्ता तर्साउने प्रवृतिको अन्त्य भएको भएको छ। यस्तो स्वागतयोग्य कदमले पक्कै पनि बजारलाइ सकारात्मक प्रभाव पार्ने छ ।

सुवास चन्द्र ढुंगाना

तत्कालको लागि राम्रो जस्तो देखिएपनि दिर्घकालको लागि त्यति राम्रो गर्ने देखिदैन, अहिलेको लागि supply side केहि कम होला तर पछी यसले supply झनै बढाउछ  । 

नियामक निकायहरुले कोटा प्रणालीलाई घटाउदै लगेर सबै कुरा बजारलाई नै निर्धारण गर्न दिनुपर्छ । 

संस्थागत लगानीकर्ताहरु निरुत्साहित गर्न पनि मिल्दैन उनीहरुको लागि छुट्टै अरु योजना लेराएर यो कोटा प्रणाली खारेज गर्न सके बजारको लागि दिर्घकालिन सकारात्मक असर पर्न जान्छ  । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर