नयाँ बर्षमा सिविआईएल सेक्युरिटिजको अफर : डिम्याट र मेरो शेयर खाता आजीवन समयको लागि निशुल्क नविकरण
काठमाडौं । सिविआईएल सेक्युरिटिज लिमिटेडले नयाँ वर्षको अवसरमा डिम्याट र मेरो शेयर खाता आजीवन समयको लागि निशुल्क नविकरणको अफर ल्याएको छ । सेक्युरिटिजको अनुसार अंग्रेजि नयाँ वषको अवसरमा २०२५ अनवरी १ देखि ३१ गतेसम्म अर्थात पहिलो महिना (जनवरी २०२५) मा सिविआईएल सेक्युरिटिजमा डिम्याट तथा मेरो शेयर खाता खोल्ने ग्राहकहरुले आजीवन समयको लागि नविकरण निशुल्क गरिएको छ । यो सुविधा लिने ग्राहकहरुले सिविआईएल सेक्युरिटिजमा अनिवार्यरुपमा ब्रोकर खाता पनि खोल्नु पर्नेछ । धितोपत्र बजारमा आम सर्वसाधारण नेपालीलाई सहभागी गराउन र लगानीको बातावरण प्रर्वधन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक ग्राहकहरुलाई आजीवन समयका लागि नविकरण निशुल्क गरिएको सेक्युरिटिजले जनाएको छ ।
सिबिआईएल सेक्यूरिटिज लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा बित्तीय संस्थाले आफ्नो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप सिटिजन्सले सिबिआईएल सेक्यूरिटिज संचालन गरेको हो।
Shares