यू-१९ विश्वकपः न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

अर्थकागज
प्रकाशित: ०६ माघ २०८०
Image description

काठमाडौं । आइसीसी-यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टस जितेकोन्युजिल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।  

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली समय अनुसार १ बजेर ४५ मिनेटबाट खेल सुरु हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर