अब कर्मचारीहरूले ३/३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने

अर्थकागज
प्रकाशित: १२ माघ २०८१
Image description

काठमाडौं । कर्मचारीहरूले ३/३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने भएको छ । सञ्चार मन्त्रालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गर्दै यस्तो बताएको हो । पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी सुरक्षित राख्ने र ३÷३ महिनामा परिवर्तन गर्ने गरी प्रणालीमा व्यवस्था गर्न सुझाव दिएको हो । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी गरेको हो ।

पछिल्लो समय सरकारी वेवसाइटहरूमा अनाधिकृत रुपमा प्रवेश गर्ने गरेका घटना बाहिरिने गरेका छन् । जसले गर्दा सरकारको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना समेत हुँदै आएको छ । सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षा, कार्यालयमा रहेका डेस्कटप तथा ल्यापटप र प्रिन्टर सुरक्षा, पासवर्ड व्यवस्थापन तथा सुरक्षा, इन्टरनेट ब्राउजिङ सुरक्षा, इमेल तथा फिजिङ अट्याक, रिमुबेल मिडिया, मोबाइल सुरक्षा र सामाजिक सञ्जाल सुरक्षा सम्बन्धी एडभाइजरी दिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर