एनआईसी एसिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शुक्रबार धरानमा साधारण सभा सम्पन्न गरेको हो ।
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शुक्रबार धरानमा साधारण सभा सम्पन्न गरेको हो ।
साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एसिया बैंक लिमिटेडको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् । साथै, नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।
बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यररहेका छन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास संस्थाले लिएको छ ।
Shares