एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप (LOOP) नेटवर्कमा 'इसुअर बैंक' को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराउने भएको छ ।
यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूले लुप (LOOP) नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानहरूबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (लुप क्रेडिट) सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआर QR मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी -लुप इएमआई) मा रूपान्तरण गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई तुरुन्तै वित्तीय पहुँच प्रदान गर्दै सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्याउनेछ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।
Shares