कस्तो छ आजको मौसम ?

अर्थकागज
प्रकाशित: २३ फागुन २०८०
Image description

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर