मंगलबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुने
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार अर्थात चैत्र ५ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार विहान ८:३० बजे क्यापिटलको भवनमा बिक्री हुन लागेको हो ।
क्रेस्टले फागुन २२ देखि फागुन २६ गतेसम्म आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
Shares