बाढीले क्षति हुने जलविद्युत कम्पनी सार्वजनिक भएसँगै धमाधम हाइड्रोपावरको सेयर बेचेर बारिदै लगानीकर्ता


काठमाडौं । अविरल बर्षाले क्षती हुने जलविद्युत कम्पनीको नाम सार्वजनिक हुन थालेपछि दोस्रो बजारमा लगानीकर्ताहरु धमाधम सेयर बिक्री गरेर बाहिर थालेका छन् । आइतबार सेयर कारोबार हेर्दा अधिकांश जलविद्युत कम्पनीको सेयर मुल्यमा भारी गिरावट आएको छ । अपर स्याङ हाइड्रोपावर लिमिटेड,माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड लगायतको कम्पनीको सेयर मुल्यमा गिरावाट आएको हो । आइतबार सेयर बजार २२.३६ अंकले घटेको थियो ।
कुन कम्पनीको सेयर मुल्य कति घट्यो ?
बाढीले जलविद्युत कम्पनीमा क्षती भएपनि बीमाबाट कभर हुने केही लगानीकर्ताहरु बताउँछन् । तर, नेपालको बीमा कम्पनीहरुले बीमा अनुसारको बीमा रकम दिने गरेका छैनन् । गत वर्षमाहरुमा क्षति भएका जलविद्युत कम्पनीहरुले दाबी गरेको रकम अहिलेसम्म समेत दिएका छैनन् । बीमा कम्पनीहरुको बदबासीले गर्दा नेपालमा जलविद्युत आयोजनाले सोचे अनुरुपमा कमाएर सेयरधनीलाई लाभांश दिन नसकेको उर्जा उद्यमीहरु बताउँछन् ।
आइतबार बेलुकासम्म स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अनुसार २० वटा जलविद्युत कम्पनीमा बाढीले क्षति भएको छ । बाढीबाट क्षति हुने जलविद्युत कम्पनीको संख्या अझै बढ्ने अनुमान इप्पानले गरेको छ ।
Shares