आईपीओ पाईपलाइनमा रहेको एभरेष्ट कलरले बोलायो बार्षिक साधारणसभा

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८२
Image description

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले मङ्सिर २९ गते साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा यस अघि नै आवेदन दिइसकेको छ।

सभा हुने मिति, स्थान र समय :

मिति: २०८२ मंसिर २९ गते सोमबार (तद्नुसार १५ डिसेम्बर, २०२५)

स्थान: त्रिशक्ति बैंक्वेट, कौशलटार, भक्तपुर

समय: बिहान १०ः०० बजे

सभामा छलफलका लागि प्रस्तुत गरिने प्रस्तावित विषयहरुः

(क) सामान्य प्रस्तावहरु तर्फ:

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने सम्बन्धमा ।

(३) आ.व.२०८२/०८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

(४) संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने सम्बन्धमा ।

(ख) विशेष प्रस्तावहरु तर्फ :

(१) सर्वसाधारण समूहलाई प्राथमिक शेयर निष्काशन (Initial Public Offering) सम्बन्धमा ।

(२) प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने ।

(ग) विविध:

साधारण सभा सम्बन्धी सामान्य जानकारीः

(१) वार्षिक साधारण सभामा भाग लिने महानुभावहरुले आफु शेयरधनी रहेको स्पस्ट खुल्ने परिचय पत्र वा सोको प्रतिलिपी अनिवार्य रुपमा साथमा लिई आउनु पर्नेछ ।

(२) शेयरधनी महानुभावहरुको उपस्थितीका लागि शेयरधनी उपस्थिती पुस्तिका विहान ९ः०० वजे देखि १०ः०० वजे सम्म खुल्ला रहनेछ ।

(३) प्रतिनिधी नियूक्त गरि सकेको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधी (प्रोक्सी) स्वतः बदर हुनेछ ।

(४) साधारण सभा सम्वन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको केन्द्रिय कार्यालयमा तथा फोन नं ०१–६६३४८०२१ मा सम्पर्क राख्न सक्नु हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर