नागरिक लगानी कोषले यस आर्थिक वर्षमा पनि १४/१५ प्रतिशत लाभांश दिन्छ- पर्वत कुमार कार्की, कार्यकारी निर्देशक
काठमाडौं । नागरिक लगानी कोषले यस आर्थिक वर्ष २०८०/८१ म पनि सेयरधनीलाई १४/१५ प्रतिशत लाभांश दिने गरी अगाडी बढेको कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले बताएका छन् । सोमबार सम्पन्न कोषको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा कोषका निर्देशक कार्कीले यस्तो बताएका हुन् ।
साधारणसभामा बोल्ने अधिकांश सेयरधनीले यस आर्थिक वर्षमा लाभांश बढाउन आग्रह गरेपछि कोषका कार्यकारी निर्देशक कार्कीले सभालाई सम्बोधन गर्दै भने- 'नागरिक लगानीको कोषले सेयरधनीलाईलाई दुखित नतुल्याउने गरी यो १४/१५ प्रतिशत लाभांशको स्टेबल हुने गरी यस आर्थिक वर्षमा पनि लाभांश दिन व्यवस्थापन अगाडि बढेको विश्वस्त हुन आग्रह गर्दछु । स्टेबलको एकै चोटी ग्राफ माथि जाने, एकै चोटी ग्राफ तल झर्ने होइन ।'
कम्पनीले आर्थिक वर्ष २०७९–८० मा १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद लाभांश दिएको छ ।
Shares