सिद्धार्थ बैंकको सिईओ सुन्दर प्रसाद कडेलको तलव/भत्ता १ करोड ७३ लाख ९२ हजार, सेयरधनीलाई चाही १०.५३%लाभांश मात्र

अर्थकागज
प्रकाशित: २८ कात्तिक २०८२
Image description

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले आर्थिक वर्ष २०८१/८२ मा तलव भत्ता बापत १ करोड ७३ लाख ९२ हजार ६७२ रुपैयाँ बुझेका छन् । बैंकको सिईओ सुन्दर प्रसाद कडेल रहेका छन् । सिईओ कडेललाई बैंकले यस आर्थिक वर्षमा तलब ९९ हजार ३७ हजार ७२८ रुपैयाँ, भत्ता ४० लाख ८० हजार, दशैं भत्ता ११ लाख ६८ हजार १४४ रुपैयाँ, बार्षिक बिदा भत्ता ४ लाख ५० हजार र सवारी साधन भत्ता १७ लाख ५६ हजार ८ सय रुपैयाँ गरी कुल १ करोड ७३ लाख ९२ हजार ६७२ रुपैयाँ भुक्तानी गरेको छ । सिईओलाई बैंकले थप पत्रपत्रिका, बीमा, बोनस पनि दिएको छ ।

त्यसै गरी बैंकले अन्य कार्यकारी पदाधिकारी र व्यवस्थापकलाई ३८ करोड ३ लाख १७ हजार ४६९ रुपैयाँ भुक्तानी गरेको छ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर