नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कहिले र कहाँ हुँदैछ बाँडफाँड ?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको अनुसार शुक्रबार विहान क्यापिटलको केन्द्रिय कार्यालयमा ८ : ३० बजे आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो । कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको थियो ।
सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
प्रतिक्रियाहरू
Mahal Kulung
1 year ago
good
Dipesh Coolung
1 year ago
raidc@111
bhattaraisir.hp@gmail.com
1 year ago
सबैलाई परेमा अभारि हुनेथिय
Suman mandal
1 year ago
ipo
Bhupendra saud
1 year ago
Bihibara Badeko bhya ramro hunthyo ki
Shares