बढ्यो घोराही सिमेन्टको नोक्सानी, ५१ करोड घाटामा


काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा कम्पनीको नोक्सानी बढेको छ ।
समिक्षा अवधिमा कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने घटेर ६६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ करोड ८८ लाख रुपैयाँ रहेको थियो।
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन अर्निङमा १ अर्ब ६७ करोड, अन्य जगेडा कोषमा ७ करोड ९० लाख रुपैयाँ र सेयर प्रिमियमा २ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा रहेको छ।
Shares