एशियन लाइफको ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । आवेदन साउन १३ गते बैंकिङ समयसम्म मात्रै दिन पाइनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपियाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपियाँ पुग्नेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
Shares