नेशनल फण्ड म्यानेजमेन्टको ५ प्रतिशत लाभांश पारित
प्रकाशित:
०४ पुस २०८१
काठमाडौँ। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आफ्नो ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लिमिटेडको पुष ३ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ सम्मको संचित मुनाफाबाट आफ्नो चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । स्थापनाकाल देखि नै लाभांश वितरण गर्न सफल यस कम्पनी आठ ठूला संस्था (सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्था र एन.आर.एन.) द्घारा प्रवद्र्घित तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो । यसले “नेशनल इक्वीटी फण्ड १” नामक प्राइभेट इक्विटी फण्ड संचालन गर्दै आएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares