महिला लघुवित्त डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

अर्थकागज
प्रकाशित: ०४ फागुन २०८०
Image description

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन २७ का लागि बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले छैठौँ वार्षिक साधारण सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल, काभ्रेमा बिहान ११ बजे बोलाएको हो ।

सभाले अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको समेत निर्वाचित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता हुन पाउने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर