एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: ०९ कात्तिक २०८१
Image description

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो ।

सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ । निकट भविष्यमा आइपीओ जारी गर्ने तयारी गरेको कम्पनीले साधारणसभाबाट आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको छ ।

२६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ । त्यस्तै, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गराउने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर