गजुरी-गल्छी सडकमा लेदो हटाउने कार्य जारी, पृथ्वी राजमार्ग अझै अवरुद्ध

अर्थकागज
प्रकाशित: ११ भदौ २०८३
Image description

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग सडकखण्डमा सवारी आवागमन आज पनि बन्द रहेको छ । प्रहरीले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन । अहिले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले लेदो हटाउने काम गरिरहेका छन् ।

मुग्लिन नारायणघाट सडक भने सुचारु रहेपनि गाडीको आवागमन निकै कम रहेको प्रहरीले जानकारी दिएको छ । सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

बाढी र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले प्रहरीले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । सडकमा जमेको लेदो हटाउने तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन गर्न कठिन हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर