नेशननेशनल लाईफ इन्स्योरेन्सको तीन दिने “चेयरपर्सन कार्यक्रम” सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।
आ.व. २०८०÷२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्नु हुने सबैलाई बधाई ज्ञापन गर्नुहुँदै छनौट हुनु भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नु भएको थियो । सो अवसरमा वहाँले आ.व. २०८०।८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरुको अतुलनिय योगदान रहेको बताउनु भयो । साथै वहाँले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares