जलविद्युत आयोजनाको पिपिए खुल्यो

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) का लागि आह्वान गरेको छ।

मंगलबार एक सूचना प्रकाशित गर्दै ३५  दिनभित्र रितपुर्वक आवश्यक कागजात सहित निवेदनको   साथ विद्युत व्यापार विभागमा सम्पर्क राख्न प्राधिकरणले आग्रह गरेको छ । 

प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाको पिपिएका लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको हो।

प्राधिकरणले पिपिएका लागि तोकेको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र ४ हजार पाँच सय मेगावाट नपुगेसम्म पिपिए गरिने प्राधिकरणले जनाएको छ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर