भगवती हाइड्रोपावरको आईपीओको लक्की नम्वर ९ !

अर्थकागज
प्रकाशित: १८ भदौ २०८०
Image description

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओको लक्की नम्वर ९ रहेको छ । सोमबार बिहान ९.३० बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीको आइपीओमा १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ ।

कम्पनीले भदौ ५ गतेदेखि भदौ ८ गतेसम आईपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले पुँजीको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।

यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो ।


प्रतिक्रियाहरू

Subash dangal

1 year ago

Thank you so much

Subash dangal

1 year ago

Thank you so much

Subash dangal

1 year ago

Thank you so much

Subash dangal

1 year ago

Thank you so much

सम्बन्धित खबर