एभरेष्ट बैंक र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता, उपचार सेवामा बिशेष छुट

अर्थकागज
प्रकाशित: २८ भदौ २०८१
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच शुक्रबार विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौत भएको छ ।
सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहक, कर्मचारी र तिनहरुको परिवारलाइ अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर, नयाँ बानेश्वर, काठमाडौंमा आउटसोर्स टेस्ट, हेल्थ प्याकेज, एक्स–रे, यूएसजी, इको, टीएमटी, फार्मेसी र औषधिमा विशेष छुट पाउने छन् । सम्झौतामा बैंकका एजीएम विष्णु प्रसाद ज्ञवाली र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरका आभास कोइरालाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर