हाइड्रोपावर बुम बुम !

अर्थकागज
प्रकाशित: २४ भदौ २०८०
Image description

काठमाडौं । लगानीकर्ताको रोजाईमा हाइड्रोपावर सेक्टर परेको छ । नेप्सेको अनुसार सोमबार बढ्ने टप १० कम्पनीमध्ये ८ वटा कम्पनी जलविद्युत कम्पनी रहेको छ । १० वटा कम्पनीमध्ये १ बीमा र १ फाइनान्स कम्पनी मात्र रहेको छन् ।

आज बढ्ने जलविद्युत कम्पनीहरुमा थ्री स्टार हाइड्रोपावर लिमिटेड ,मेन्छियाम हाइड्रोपावर लिमिटेड, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन् ।

माथिको अधिकांश जलविद्युत कम्पनीले केही समय अगाडि मात्र आईपीओ जारी गरी नेप्सेमा सूचिकृत भई दोस्रो बजारमा कारोबार गरिरहेका छन् । यसको मतलव कम कित्ता भएका हाइड्रोपावर कम्पनी सेयर लगानीकर्ताको रोजाइमा परेको छर्लङ्ग देखिन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर