कुमारी बैंकको १३ लाख बढि कित्ता सेयर बिक्रिमा

अर्थकागज
प्रकाशित: ०५ असार २०८१
Image description

काठमाण्डौ । कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले १३ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । बैंकले आज विहिबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकका बिभिन्न सेयरधनीहरुले १३ लाख ८७ हजार २५८ कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् । बैंकका संस्थापक सेयरधनी विरेन्द्रकुमार साहले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्रि गर्न लागेका हुन् ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौ, टंगालमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

जुना चन्द बोहरा

2 years ago

म यस बैङ्क बाट लाभग्राही हुन चाहान्छु

जुना चन्द बोहरा

2 years ago

म यस बैङ्क बाट लाभग्राही हुन चाहान्छु

जुना चन्द बोहरा

2 years ago

म यस बैङ्क बाट लाभग्राही हुन चाहान्छु

जुना चन्द बोहरा

2 years ago

म यस बैङ्क बाट लाभग्राही हुन चाहान्छु

सम्बन्धित खबर