नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा सित्तैमा डिम्याट खोल्ने अवसर, डिम्याट र मेरो सेयर नविकरणमा भारी छुट

अर्थकागज
प्रकाशित: २५ पुस २०८०
Image description

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले लगानीकर्तालाई मध्यनजर गर्दै विभिन्न छुटको स्किम ल्याएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सित्तैमा डिम्याट खोल्न सकिनेछ ।

आजीवन डिम्याट नविकरणमा ८०.१४ प्रतिशतसम्म छुट दिएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको अनुसार १ हजार ४ सय ९९ रुपैयाँ आजीवन डिम्याट नविकरण गर्न सकिनेछ । त्यसै गरी आजीवन डिम्याट र मेरो सेयर नविकरणमा ८२.३१ प्रतिशतसम्म छुट दिएको छ । १ हजार ९ सय ९९ रुपैयाँमा आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिनेछ ।

त्यसै गरी १ वर्षको लागि मेरो सेयर सदस्यता र डिम्याट नविकरणमा ५० प्रतिशतसम्म छुट दिएको छ । जसमा १०० रुपैयाँमा मेरो सेयर सदस्यता र डिम्याट नविकरण गर्न सकिनेछ ।

त्यसै गरी ५ वर्षको लागि मेरो सेयर सदस्यता र डिम्याट नविकरणमा ३७.६३ प्रतिशतसम्म छुट दिएको छ । जसमा ४५५ रुपैयाँमा मेरो सेयर सदस्यता र डिम्याट नविकरण गर्न सकिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर