हिमालय एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर बिक्री खुल्ला, न्यूनतम मूल्य २०० !
काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १७ हजार ४८१ संस्थापक सेयर बिक्री खुल्ला गरेको छ ।
कम्पनीको संस्थापक सेयर धनी पृथ्वी बहादुर पौडेको नाममा रहेको १०० अंकित दरको १७,४८१ का संस्थापक सेयर बिक्री बिक्री खुल्ला गरेको हो ।
संस्थापक सेयर (दोस्रोे बजारमा खुला कारोबार नहुने) बिक्री गर्न स्वीकृतिको लागि संचालक समितिमा निवेदन प्राप्त भएकाले सो सेयर खरीद गर्न यस कम्पनीका संस्थापक सेयरधनीहरूको पहिलो हक रहने हुँदा नेपाल बीमा प्राधिकरणबाट जारीको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७० को निर्देशन नं. ३ को (१), (२), (३) र (४) को पालना हुने गरी न्यूनतम प्रति कित्ता रु. २०० मा नघट्ने गरी उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ ।
कम्पनीका विद्यमान संस्थापक सेयरधनी सेयर खरीद गर्ने बारेको प्रतिकिता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ३५ भित्र कम्पनीको थापा गाउँ स्थित कार्यालयको सेयर विभागमा निवेदन दिनु पर्नेछ ।
Shares