हिमालयन रिइन्सुरेन्सकोआईपीओ निश्कासनको मिति परिवर्तन

अर्थकागज
प्रकाशित: १९ कात्तिक २०८०
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिले निर्देशनपछि हिमालयन रिइन्सुरेन्सको आईपीओको मिति पछि सारेको छ । आइतबार बोर्डलाई लेखा समितिले प्रिमियमका सवै आईपीओ तत्कालको लागि रोक्न निर्देशन गरेको थियो ।

हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएको आईपीओ मंसिर ४ गतेदेखि निश्कासन गर्ने मिति तय गरेको हो ।

यता, प्रबन्धक एनएमबि क्यापिटलले भने कार्तिक कात्तिक २१ ग्तेदेखि आइपीओ जारी गर्दा बीचमा तिहारको बिदा परेकाले लगानीकर्ताको सहजताका लागि आइपीओ निश्कासनको मिति मंसिर ४ गतेको लागि सारिएकोे जनाएको छ ।

हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्ने तयारी गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर