आईपीओमा माग भन्दा धेरै आवेदन परेपछि सिटिजन्स लाइफले भन्यो धन्यवाद !

अर्थकागज
प्रकाशित: २० भदौ २०८०
Image description

काठमाडौं । साधारण सेयर (आईपीओ) तोकिएको समयभित्र माग भन्दा धेरै आवेदन परेपछि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई धन्यवाद दिएको छ ।

कम्पनीले एक विज्ञप्त जारी गर्दै कम्पनीप्रति देखाउनु भएको दृढ विश्वास प्रति सम्पूर्ण आवेदकहरुमा हार्दिक कृतिज्ञता सहित आभार व्यक्त गरेको छ ।

यसका साथै कम्पनीले सेयर निश्कासन कार्यमा सहयोग पर्याउनु हुने नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सेयर बिक्री प्रबन्धक तथा सरोकारवाला सवैलाई धन्यवाद दिएको छ ।

कम्पनीले जारी अंकित मूल्य  १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर