‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ मा आवेदन दिनु भयो ? आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०१ साउन २०८२
Image description

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपियाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएबमोजिम १० वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ निष्कासन तथा बिक्री खुला गरिरहेको छ ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर