आज इदको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने
प्रकाशित:
२८ चैत २०८०
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद) को अवसरमा आज बिहीबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सार्वजनिक विदा भएसंगै नेपाल स्टक एक्सचेन्ज समेत विदा हुने भएकाले सेयर कारोबार समेत बन्द रहनेछ ।
‘नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहको सूचनामा भनिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares