हिमालयन एभरेष्ट इन्स्योरेन्स डेपुटी सिइओ गौतमले दिए राजिनामा

अर्थकागज
प्रकाशित: ०४ फागुन २०८०
Image description

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले राजिनामा दिएका छन् । गौतमले गत बुधवार पदबाट राजिनामा दिएका थिए ।

उनको राजिनामा शुक्रबार नै स्वीकृत भएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए । यी दुवै कम्पनीले गत वर्ष २०७९ को साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । यसअघि उनी एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । एभरेष्ट इन्स्योरेन्सको सिइओको रुपमा गौतमले दोस्रो कार्यकालको एक वर्ष बिताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर