राधी जलविद्युतको साधारणसभा स्थगित
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको बार्षिक साधारणसभा स्थगित भएको छ । संचालक समितिले साधारणसभाको लागि चाहिने कोरम नपुगेपछि पुस १८ गते दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यू, तिखेदेवल ललिलपुरमा बोलाएको साधारणसभा स्थगित भएको हो । कम्पनीले यस आर्थिक वर्षमा शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश दिनेछ । साथै कम्पनीले १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गर्ने छ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
Shares