एनएमबि बैंकद्वारा अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग

अर्थकागज
प्रकाशित: २१ पुस २०८०
Image description

काठमाडौँ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यसहित यो सहयोग गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र हस्पतालका अध्यक्ष डाक्टर भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर