लाभांस पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: २० मंसिर २०८०
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले पुष १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा विहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यसै गरी लेखापरिक्षक नियुक्त गर्नेदेखि संचालक समितिको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि मंसिर २८ गते बुक क्लोजको मिति तोकिएको छ । अर्थात पुष २७ गतेसम्मका सेयरधनीले लाभांश पाउने छन् ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर