नोक्सानी घटाउदै अप्पर तामाकोशी, विद्युत विक्रि आम्दानी ८.७५ अर्ब

अर्थकागज
प्रकाशित: २९ साउन २०८१
Image description

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नोक्सानी घटेको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ८ अर्ब ७५ करोड रुपैयाँँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ८ अर्ब १० करोड रुपैयाँ थियो।

विद्युत विक्रि आम्दानी बढेसंगै कम्पनीको नोसानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ।

चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ९ अर्ब १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर