हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने
काठमाडौं । हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ । हिमालय एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौँ ।” प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:३० बजे हुने र सोही दिन चीनको स्थानीय समय अनुसार १२:०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने छ । त्यसै गरी ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समय अनुसार चैत १८ गते १३:१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समय अनुसार १२:४५ मा पोखरा अवतरण गर्ने छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत १९ मा स्थानीय समय अनुसार बिहान ८:२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२:०५ बजे ल्हासा पुग्ने छ । त्यसै गरी ल्हासा–काठमाडौँ उडानले ल्हासा गोङ्गर विमानस्थलबाट चैत १९ गते स्थानीय समय अनुसार १२:३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार १२:०५ मा काठमाडौँ अवतरण गर्ने छ ।
Shares