नेशनल लघुवित्तको साधारणसभा आज, लाभांशसहित एफपिओ निष्कासनको प्रस्ताव पारित हुने
काठमाडौं । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज चैत्र १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेलमा विहान १०ः३० बजेबाट सुरु हुनेछ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितीको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको थियो ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ समेत गरी ७.५० प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सभाले थप सार्वजनिक निष्काशन(एफपीओं) निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ३० गते एक दिनका लागि बुकक्लोज गरेको थियो त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Shares