कामना सेवा विकास बैंकमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण

अर्थकागज
प्रकाशित: ११ माघ २०८०
Image description

काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साईबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेपाल प्रहरी, साईबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई वर्तमान अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।

उक्त प्रशिक्षणले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर