एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८२
Image description

काठमाडौं । एन आई सी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।

आज मिति २०८२/०८/०३ देखि लागू हुनेगरी नियुक्त हुनुभएका प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिनेछ । साथै, यस बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी कमल खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा [email protected]  इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर